२०८२, २४ कार्तिक आईतबार

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

लमही, १० असोज :  दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध गराएको हो । कम्प्युटर जडानसँगै विद्यार्थीलाई कम्प्युटरमा पठनपाठन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक…