२०८३, २० श्रावण बिहीबार

सिन्धुपाल्चोकमा कारितासले बनाइदियो भूकम्प प्रतिरोधात्मक घर

सिन्धुपाल्चोकमा कारितासले बनाइदियो भूकम्प प्रतिरोधात्मक घर


काठमाण्डौँ २२ मसिंरः कारितास नेपालले नीजि आवास पुनःनिर्माणको जिम्मा पाएको सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर १, २ र ३ नम्बर वडामा घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कारितास नेपालका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छनौट गरेका साविकको कालिका गाविसको ६५६ घरधुरी मध्ये ६५३ घरधुरी लाभग्राहीको आवास निर्माण थालेकोमा ६४२ घर निर्माण पूरा भएको छ । बनिसेका सबै घर लाभग्राहिलाई हस्तान्तरण गरिएको छ । कालिकाका अधिकांश लाभग्राहि नयाँघरमा बसिसकेका छन् ।

“सुरक्षित आवास आफै बनाऔं” भन्ने मूल सन्देश लिएर नेपाल सरकारले तोकेको डिजाईन र मापदण्डमा स्थानिय तहसँग समन्वय गरेर नीजि आवास निर्माणको काम गरिरहेको कारितास नेपाल सिन्धुपाल्चोकका प्रमूख झक्कु चौधरीले जानकारी दिए । कालिकामा ईट्टामा सिमेन्टको जोडाई गरिएका ४ सय घरधुरी, ढुङ्गामा सिमेन्टको जोडाई गरिएका ६, ढुङ्गामा माटोको जोडाई गरिएको ११४ घरधुरी र आरसिसि पिलर राखेर ११३ वटा घर नयाँ बनेको छ ।

कारितास नेपालले वडा स्तरीय आवास पूनःनिर्माण समिति, टोल स्तरीय आवास पूनःनिर्माण समुह गठन गरि साविकको दुईवटा गा.वि.स. ठोकर्पा र कालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छनौट गरेको जम्मा १ हजार ८ सय ३४ जना लाभग्राहीहरुको नीजि आवास निर्माण गरिरहेको छ । ठोकर्पाका १ हजार १ सय ७८ जना लाभग्राहि रहेकामा १ हजार भन्दा बढी घर निर्माण भइसकेको छ ।

लाभग्राहिलाई प्राविधिक सहयोग, नेपाल सरकारले तोकेको प्रति घर ३ लाख र ढुवानी बापत ५० हजार रुपैयाँ सहयोग उपलब्ध गर्दै आएको छ । यस्तै आवास निर्माणका लागि जिल्ला आयोजना कार्यान्वय इकाईसँग समन्वय गरेर नेपाल सरकारले तय गरेका विषयको आधारमा सुनकोशी गाउँपालिकाको वडा नं. ३ कालिकामा ८४ जना, १, २, ४ र ५ वडामा २८६ जना स्थानीय डकर्मी र सिर्कमीलाई तालिम दिइएको प्रमूख चौधरीले बताए ।

कारितासले सुनकोशी गा.पा.मा वडा नं. १ देखि ५ सम्म जम्मा ८ वटा नमूना घर निर्माण गरेको छ । नमूना घर अन्तर्गत वडा नं. ३ मा भने आर्थिक रुपमा निकै कमजोर जमुना तामाङ र उत्तरधोज खड्काको भूकम्पप्रतिरोधी घर निर्माण गरिएको छ । वडा नं. ३ मा १ वटा सामुदायिक भवन समेत निर्माण गरी गरिएको छ ।

भूकम्प लगत्तै राहत वितरणका लागि पुगेको कारितासले जीविको पार्जन अन्तर्गत कृषि, सिँचाई, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत आयआर्जनको क्षेत्रमा लगानी गरेको छ ।

यसैबीच कारितासले नै विगत १ वर्ष देखि सुनकोशी गाउँपालिका वडा नं. ४ र ५ (साविकको यमुनाडाँडा र सुनखानी गा.वि.स) मा पनि नीजि आवास पुनःनिर्माणका लागि प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  १२ : ४२ बजे

आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीको जवाफदेखि सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो