२०८२, २० असार शुक्रबार

नुवाकोट तनाबग्रस्त :प्रहरीचौकी तोडफोड र हवाइफायर

नुवाकोट तनाबग्रस्त :प्रहरीचौकी तोडफोड र हवाइफायर


विदुर, ४ पुस: नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चारमध्ये एक युवक त्रिशूली नदीमा फालहालेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान २ बजे सो आयोजनाको निर्माण सामग्री पाइप र फलाम चोरिरहेको क्रममा पक्राउ परेका रसुवाको उत्तरगया गाउँंपालिका वडा नं२ का १९वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हाम्फालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको जनाउँंदै आज दिनभरि मैलुङक्षेत्र तनावग्रस्त भएको छ । प्रहरी र स्थानीयवासीबीच दोहोरो झडपको स्थिति थियो ।

स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउण्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयवासीले तोडफोड गरेको प्रहरीले जनाएको छ । झडपमा प्रहरीका हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । स्थानीयवासी र प्रहरीबीच वार्ता हँुदै गरेको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ५ : ४० बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको