जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा सदनमा प्रतिनिधित्व गर्ने १० वटै दलका उपस्थित ९२ सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। सत्तापक्षमा रहेका सबै दलका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य साना दलहरूले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन्। प्रदेशसभा…