२०८३, १२ मंसिर शनिबार

कर्णाली राजमार्गको अतिक्रमण हटाउन ३० दिने अल्टिमेटम

कर्णाली राजमार्गको अतिक्रमण हटाउन ३० दिने अल्टिमेटम


कालीकोट । कर्णाली राजमार्गको सडक सीमा मिचेर निर्माण गरिएका संरचना तथा सडक आवागमनमा अवरोध पुग्ने सामग्री हटाउन सडक डिभिजन कार्यालय जुम्लाले ३० दिनको समयसीमा दिएको छ।

कार्यालयले दैखोला–नाग्मा–जुम्ला तथा नाग्मा–गमगढी सडक खण्डको क्षेत्राधिकारभित्र पर्ने अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको हो।

सडक किनारामा व्यापारिक सामग्री राख्ने, गाईवस्तु बाँध्ने, बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने तथा अस्थायी र स्थायी टहरा, छाप्रा, घुम्ती पसल र बारघेर निर्माण गर्ने कार्यले सडक प्रयोगमा समस्या सिर्जना गरेको कार्यालयको भनाइ छ।

सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले सडकको नाली, पेटी तथा अन्य संरचना अवरुद्ध हुँदा सवारी आवागमन, सडक सुरक्षा र मर्मतसम्भारमा कठिनाइ भएको बताए।

उनका अनुसार सम्बन्धित व्यक्ति, संस्था तथा निकायले ३० दिनभित्र आफैँ अतिक्रमित संरचना र सामग्री हटाई सडक क्षेत्र खाली गर्नुपर्नेछ। तोकिएको समयभित्र अटेर गरेमा कार्यालयले कानुनबमोजिम संरचना हटाउने तथा भत्काउने कारबाही गर्नेछ।

सार्वजनिक सडक ऐन, २०३१ लगायत प्रचलित कानुनअनुसार गरिने कारबाहीमा संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने कार्यालयले जनाएको छ। साथै, आगामी दिनमा सडकको क्षेत्राधिकारभित्र अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्न कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ३ : ४३ बजे

१०औँ राष्ट्रिय खेलकुद : नौ विधामा आज खेलाडीबीच भिडन्त

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आज नौ खेल विधाका

वंशजको नागरिकताको निरन्तरताले नेपाललाई आर्थिक, सामाजिक र प्राविधिक लाभ पुग्छ : बासुदेव घिमिरे

काठमाडौं । ‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा

कर्णाली राजमार्गको अतिक्रमण हटाउन ३० दिने अल्टिमेटम

कालीकोट । कर्णाली राजमार्गको सडक सीमा मिचेर निर्माण गरिएका संरचना

चितवनको प्राकृतिक गहना बीसहजारी ताल, जैविक विविधताको अनुपम संसार (तस्बिर)

चितवन । हरियाली जंगलको बीचमा फैलिएको शान्त जलाशय, पानीमा रमाइरहेका

शनिबारको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १४९ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर