धुलिखेल, २७ असारः भक्तपुर क्यान्सर अस्पतालको गम्भीर लापर्बाहिले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ पुरै त्रसित बनेको छ । वडा नम्बर ६ बुडोलकी २४ बर्षीय युवतीलाई अस्पतालले कोरोना नेगेटिभ भएको रिपोर्ट थमाउँदै घर पठाइदिएको थियो । तर त्यसको पाँचदिन पछि कोरोना नेगेटिभ भन्दै घर आएइपुगेकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएको सूचीमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले…