२०८३, १५ बैशाख बुधबार

काभ्रेको साँगा नाकामै स्वाब संकलन सुरु

काभ्रेको साँगा नाकामै स्वाब संकलन सुरु


धुलिखेल, १२ साउनः राजधानी प्रवेश गर्ने पूर्वी नाका काभ्रेको साँगामा कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकामै स्वाब संकलन गर्न थालेको हो ।

सवारी साधन मार्फत राजधानी प्रवेश गर्ने नागरिकको स्वाब सकंलन गर्ने गरिएको छ । काठमाण्डोबाटै स्वास्थ्यकर्मीको टोली आएर स्वाब संकलन गरिरहेको बनेपा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यश्वर मकै श्रेष्ठले जानकारी दिनुभयो । नाकामा स्वाब संकलनका लागि समन्वयको काम भने नगरपालिकाको स्वास्थ्य शाखाले गरेको छ ।

स्वास्थ्य शाखाले रेडक्रससँगको सहकार्यमा दुई वटा टेण्ड राखिदिएको छ । त्यस्तै स्वास्थ्यकर्मी समेत खटाएको संयोजक श्रेष्ठले बताउनुभयो । नाकामा खास गरी कोरोना बढी प्रभावित जिल्लाबाट राजधानी प्रवेश गर्न खोज्ने यात्रुहरुको स्वाब संकलन हुने गरेको छ । लकडाउन खुकुलो भएसँगै बीपी राजमार्ग भएर तराई र पूर्वी पहाडका जिल्लाबाट राजधानी प्रवेश गर्ने सवारी साधनको संख्या ह्वात्तै बढेको छ ।

केन्द्र सरकारले साँगा सहित नागढुंगा र फर्पिङ नाकामा स्वाब संकलन गरिरहेको छ । यी तीन वाटै नाकाबाट १० हजार यात्रुको स्वाब परीक्षणका लागि संकलन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  २ : ३७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले