२०८३, ६ भाद्र आईतबार

शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने अडान

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेलगत्तै गरिएको पहिलो निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। उनले हस्ताक्षरको प्रक्रियालाई औपचारिकता मात्र मानेर नचल्नुपर्ने भन्दै मन्त्रालयका कर्मचारीलाई चुनौती दिएका हुन्। पदभार ग्रहणका लागि सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालय पुगेका मन्त्री पुनले कार्यभार सम्हालेपछि आफूलाई हस्ताक्षर गराउने तयारी गरिएको पहिलो निर्णयमा आपत्ति जनाए ।…