२०८३, २९ भाद्र मंगलबार

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा


काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार आगामी शैक्षिक सत्र निर्धारित मितिबाट सञ्चालनमा आउनेछ।

त्यसैगरी, मन्त्रिपरिषद्ले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय पनि गरेको छ। अब शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ।

इन्धन खपत घटाउने र प्रशासनिक कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले दुई दिने साप्ताहिक बिदा लागू गरिएको सरकारको भनाइ छ। साथै, सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

सरकारको यो निर्णयले शैक्षिक गतिविधि व्यवस्थित बनाउने तथा कर्मचारी र विद्यार्थीको कार्य–जीवन सन्तुलन सुधार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ३ : २३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक