विश्व राजनीतिमा केही दृश्य यस्ता हुन्छन्, जसले सयौँ पृष्ठका कूटनीतिक दस्तावेजभन्दा ठूलो सन्देश दिन्छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं विमानस्थलको रनवेमा पुग्नु त्यस्तै दृश्य हो। २३ सेप्टेम्बरमा जोइन्ट बेस एन्ड्रुजमा भएको यो स्वागत र त्यसपछि ह्वाइट हाउसमा आयोजित राजकीय समारोहलाई केवल कूटनीतिक आतिथ्यका रूपमा बुझेर पुग्दैन। यो विश्व शक्ति…