२०८३, ४ भाद्र शुक्रबार

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज सार्वजनिक हुने सम्भावना बढेको छ। राष्ट्रिय परीक्षा बोर्डले साँझ ५ बजेपछि बोर्ड बैठक बोलाएसँगै नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो।

परीक्षा बोर्ड स्रोतका अनुसार अहिले नतिजा प्रकाशनअघिका प्राविधिक काम भइरहेको छ। बैठकपछि औपचारिक निर्णय गर्दै नतिजा सार्वजनिक गरिने बताइएको छ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनबारे छलफल भइरहेको जानकारी दिएका छन्। बोर्डका सदस्यहरूलाई बैठकमा उपस्थित हुन सूचित गरिसकिएको छ।

यस वर्ष एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण यसपटक नतिजा छिट्टै सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ।

एसईई २०८१ मा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ४ : ३१ बजे

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही

गाडी किन्ने सपना देख्नेका लागि कृषि विकास बैंकको आकर्षक अटो लोन, ७ वर्षसम्मको सुविधा

काठमाडौं । आफ्नै सवारीसाधन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौँ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा धारिलो हतियार प्रहारबाट २२