२०८३, ४ कार्तिक बुधबार

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण भएपछि समुद्री सुरक्षामाथि गम्भीर चिन्ता बढेको छ। अक्टोबर ११ मा भएका छुट्टाछुट्टै आक्रमणमा दुई भारतीय नाविक बेपत्ता भएका छन् भने अर्को जहाजमा सवार ११ भारतीयको सुरक्षित उद्धार गरिएको छ। भारतको विदेश मन्त्रालयका अनुसार निकारागुआको झण्डा रहेको तेल ट्यांकर ‘एमटी पेट्रो…