बेत्रावती, २७ असोज जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । विदुर नगरपालिका–४ विदुर स्थित बद्रीबहादुर खड्काको घरमा उनीसहित छ जना ठूलो रकम बाजी राखेर तास खेलिरहेकोे अवस्थामा पक्राउ गरी कारबाहीका लागि…