२०८३, ६ बैशाख सोमबार

सालकको छालासहित दुई पक्राउ

सालकको छालासहित दुई पक्राउ


काठमाडौँ, २६ असोज नेपाल प्रहरीको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले काठमाडौं बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छालासहित आज दुई जनालाई पक्राउ गरेको छ ।

बिक्री गर्न हिँडेको अवस्थामा एक केजी १० ग्राम छालासहित रामेछाप दोरम्बा गाउँपालिका–२ का देवराज श्रेष्ठ र दोलखा सैलुङ गाउँपालिका–१ का ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ गरिएका दुवैलाई कारवाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तीसार काठमाडौमा बुझाइएको छ । सालक लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत जनावर हो ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१०, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २१ ९१० ‘क’ बमोजिम कारवाही चलाइने ब्यूरोले जनाएको छ ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरीद बिक्री गर्ने वा ओसारपोसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान छ ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : ०६ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ