२०८३, ७ कार्तिक शनिबार

काभ्रेको जंगलमा अपरिचित मान्छेको मानव कंकाल भेटियो 

काभ्रेको जंगलमा अपरिचित मान्छेको मानव कंकाल भेटियो 


काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा ठूलो गहिरे जंगलमा अपरिचित मान्छेको मानव कंकाल फेला परेको छ ।

जिल्ला प्रहारी कार्यालय, काभ्रेका अनुसार लामागाउँ स्थित ठूलो गहिरे जंगलमा नाईलनको डोरी बाँसको रुखमा झुण्डिएको अवस्थामा रहेको अवस्थामा फेला परेको हो ।

हड्डिको भाग भुईमा खसी थुप्रिएको र नाईलनको डोरीमा केही हड्डीको सानो भाग अड्किएर रहेको भेटिएका थिए । प्रहरीले आत्महत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थल नजिकै निलो कलरको ट्रयाक्सुट, प्लास्टीकको कालो रङको जुत्ता, पछाडि बोक्ने कालो रंगको खाली व्याग समेत फेला परेको छ ।

घटनास्थलमा फेला परेको कपडालाई हेर्दा अधबैंसे पुरुष व्यक्ति झुण्डीएर मृत्यु भएको अनुमान गरिएको छ । प्रहरीले ‘मानव कंकालहरुलाई फरेन्सिक मेडिकल विभाग त्रि.वि। शिक्षण अस्पताल महाराजगंज, काठमाडौंमा पठाई थप अनुसन्धान भइरहेको जानएको छ ।’

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ९ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना