२०८३, ७ कार्तिक शनिबार

१५ वर्षदेखि देशका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह पक्राउ

१५ वर्षदेखि देशका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह पक्राउ


चितवन, २३ असोज : विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका–६ का ५६ वर्षीय कालु परियार र मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल तनहुँको देवघाटमा बसोबास गर्दै आएका ४९ वर्षीय हरि गोले रहेका छन् । परियार १५ वर्षदेखि निरन्तर चोरी कार्यमा संलग्न रहेको खुलेको छ । उनले १५० ठाउँमा बेहोस बनाई लुटपाट गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

उनीहरुले असोज १२ गते माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट गरेपछि सो समूहको खोजीकार्य शुरु गरिएको थियो । उनीहरुलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौँरले जानकारी दिनुभयो । उनीहरु सुनारको घरमा अमिलो बेच्ने बहानामा बास बस्न पुगेका थिए । सो क्रममा उनीहरुले बेहोस पार्ने ‘एटिभ्यान’ नामक लठ्याउने औषधिको प्रयोगले सुनारको परिवारमा आमा र श्रीमतीलाई बेहोस बनाई १५ तोला सुन र दुई सेट मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनीहरुले झापा, इटहरी, लहान, वीरगञ्ज, हेटौँडा, सुनौली, बुटवल, कृष्णनगर, नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका स्थानमा बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । बयानका क्रममा उनीहरुले भारतको लखनउसम्म पनि नेपालीलाई लुटेको स्वीकारेको बताइएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुरअन्तर्गत कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ६ : १७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना