काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउँदै मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली तथा मास्टरकार्डका दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलासहित दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञवालीले बैंकले ग्राहकलाई विश्वस्तरीय…