२०८३, २९ असार मंगलबार

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा


काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउँदै मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली तथा मास्टरकार्डका दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलासहित दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञवालीले बैंकले ग्राहकलाई विश्वस्तरीय सेवा पुर्‍याउँदै आएको भन्दै नयाँ डेविट कार्ड त्यसकै निरन्तरता भएको बताउनुभयो। उहाँको भनाइमा, “सुरुआतदेखि नै ग्राहकमैत्री सेवा हाम्रो प्राथमिकता हो। यही यात्रामा थप आधुनिक र सुरक्षित सुविधासहित नयाँ मास्टरकार्ड डेविट कार्ड प्रस्तुत गरेका छौँ।”

मास्टरकार्डका उपाध्यक्ष दातलाले नबिल बैंकसँगको साझेदारी अझ मजबुत भएको उल्लेख गर्दै सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

नयाँ मास्टरकार्ड डेविट कार्डका विशेषताहरू

  • विश्वव्यापी प्रयोगयोग्य मास्टरकार्डको ग्लोबल नेटवर्कमा कार्ड सहज प्रयोग गर्न सकिने।
  • आकर्षक डिजाइन– कार्डमा नेपालको राष्ट्रिय चरा डाँफे अंकित, जसले शालीनता र राष्ट्रिय गौरव झल्काउँछ।
  • प्रिमियम सुविधा– विभिन्न रेष्टुरेन्ट, स्पा, फिटनेस सेन्टर र मनोरञ्जन स्थलहरूमा विशेष छुट।
  • सुरक्षित र सहज भुक्तानी– अत्याधुनिक सुरक्षा प्रणालीमार्फत सुरक्षित ट्रान्जेक्शनको सुविधा।

बैंकका अनुसार नयाँ कार्ड प्राप्त गर्न नबिल बैंकका कुनै पनि शाखामा सम्पर्क गर्न सकिन्छ वा एनबैंक एपबाट डिजिटल रूपमा आवेदन दिन सकिन्छ।

नबिल बैंकको विस्तार र सेवा

नबिल बैंक हाल २६८ शाखा, ३२१ एटिएम, र २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकभन्दा लामो यात्रामा नबिलले देशमा आधुनिक बैंकिङ प्रविधिको सुरुवात गर्दै ‘ट्रेलब्लेजर’का रूपमा आफूलाई स्थापित गरेको छ। नबिल बैंक नेपालमै पहिलोपटक मास्टरकार्ड क्रेडिट कार्ड जारी गर्ने बैंक पनि हो, जसले नेपाली रुपैयाँ तथा अमेरिकी डलर दुवै मुद्रामा कारोबार गर्न मिल्ने सुविधा उपलब्ध गराउँदै आएको छ। नयाँ मास्टरकार्ड डेविट कार्डको सार्वजनिकतासँगै नबिल बैंकले ग्राहक अनुभवलाई अझ परिष्कृत, सुविधायुक्त र सुरक्षित बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  ३ : ०४ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित