काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४ भदौको आगजनीमा संलग्नमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता व्यक्त गरेका छन्। उनले सर्वपक्षीय संवादमा निजी क्षेत्र अझै पनि निर्णय प्रक्रियामा पर्याप्त संलग्न नभएको बताएका छन्। ढकालले सरकारले निजी क्षेत्रमैत्री नीति अपनाउनुपर्ने, युवा उद्यमशीलता विकास योजना कार्यान्वयन गर्नुपर्ने र लगानी आकर्षित गर्न पूर्वाधारमा अवरोध हटाउनुपर्ने बताए।…