२०८३, २६ आश्विन मंगलबार

बढ्यो अमेरिकी डलरको भाउ

बढ्यो अमेरिकी डलरको भाउ


काठमाडौं । नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि निर्धारण गरेको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ।आज एक अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा थियो।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क तथा क्यानेडियन डलरको भाउ पनि बढेको छ। युरोको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा रहेको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा पुगेको छ।

यस्तै, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा कायम भएको छ। सिंगापुर डलर पनि बढेर खरिददर ११७ रुपैयाँ र बिक्रीदर ११७ रुपैयाँ ४७ पैसा पुगेको छ।

अन्य मुद्रातर्फ जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआनको २१ रुपैयाँ ८१ पैसा, साउदी रियालको ३९ रुपैयाँ ६५ पैसा र कतारी रियालको ४० रुपैयाँ ८० पैसा कायम भएको छ।

यता अष्ट्रेलियन डलरको भाउ भने सामान्य रूपमा घटेको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला परिवर्तन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूमा दर केही फरक हुन सक्ने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८३, ७ बैशाख मंगलबार  ७ : ५९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका