२०८३, १० कार्तिक मंगलबार

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल


काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) १३.१७ अंकले घटेर २८२५ अंकमा झरेको छ।

कारोबार सुरु भएको केही मिनेटमै नेप्से २८४५ अंकसम्म पुगे पनि दिनभरको उतारचढावपछि बजार घटेर बन्द भएको हो। अघिल्लो दिन ५ अंकले बढेको बजार आज भने दबाबमा देखियो। आज कारोबार रकम पनि घटेर ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिन ७ अर्ब ४६ करोड थियो।

आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनी स्थिर रहे। क्षेत्रगत सूचकमा होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले बढेको छ। तर अन्य सबै समूह घटेका छन्। बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७०, हाइड्रोपावर ०.२३, लगानी ०.८४, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशतले घटे।

आज ४ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरूमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेका छन्। त्यस्तै झापा इनर्जी ११.८८ प्रतिशत, रिजलाइन इनर्जी १०.९९ प्रतिशत र सुपर खुदी हाइड्रोपावर ५.३५ प्रतिशतले बढे।

अर्कोतर्फ दोल्ती पावर ५.३५ प्रतिशत र एसियन हाइड्रोपावर ४.५० प्रतिशतले घटेका छन्। आज धेरै कारोबार हुने कम्पनीहरूमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  ३ : ५९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा