२०८३, ११ भाद्र शुक्रबार

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए


बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार टोलीलाई तिब्बतमा फेरि अर्को विपद्को जोखिम देखिएपछि पछि हटाइएको छ।

पहिरोबाट थुप्रिएको माटो, ढुंगा र गेग्रानले नदी थुनिएर बनेको अस्थायी तालमा पानीको सतह बढ्दै गएपछि उद्धार क्षेत्रमा पुनः बाढी आउन सक्ने खतरा बढेको हो। जोखिम बढेसँगै चीनले घटनास्थलमा जारी उद्धार अभियान अस्थायी रूपमा रोकेको जनाएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार अस्थायी तालबाट पानी उद्धार टोली रहेको क्षेत्रतर्फ बग्न थालेपछि उद्धारकर्मीलाई तत्काल सतर्क रहन निर्देशन दिइएको हो। घटनास्थल पुगेका आपत्कालीन टोलीलाई समेत सुरक्षा कारण देखाउँदै करिब एक किलोमिटर पछाडि हटाइएको छ।

हाल सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा राखेर थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ। यसअघि आएको विनाशकारी बाढी तथा पहिरोले नेपाल–तिब्बत सीमा क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो। सयौँ मानिसको अवस्था अझै अज्ञात रहेका बेला उद्धार अभियान नै रोक्नुपर्ने अवस्था आएपछि बेपत्ता व्यक्तिको खोजी थप जटिल बनेको छ।

चिनियाँ अधिकारीहरू अहिले अस्थायी ताल फुट्ने सम्भावित जोखिमको निगरानी र मूल्यांकनमा केन्द्रित भएका छन्। लगातार पानी थपिँदै जाँदा पुनः ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  ११ : ३५ बजे

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

जनै फेरेर र रक्षाबन्धन बाँधेर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात्

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत