धुलिखेल, ४ जेठः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ मा रहेका पलाञ्चोक भगवती मन्दिरको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिएको छ । भवगती मन्दिर, कालिदेवी मन्दिर, गणेशस्थान चोक, पार्किङ क्षेत्र, वडा कार्यालय र इलाका प्रहरी कार्यालय आसपास सिसि क्यामेरा जडान गरिएको हो । बिहीबार १० वटा सिसि क्यामेरा जडान गरिएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए…