२०८३, १६ बैशाख बिहीबार

काभ्रेमा दीर्घकालिन महत्व राख्ने यस्ता छन योजना

काभ्रेमा दीर्घकालिन महत्व राख्ने यस्ता छन योजना

३ लाख देखि १ अर्बसम्मका याेजना


धुलिखेल, २९ जेठः संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिसकेको छ । आगामी आर्थिक वर्ष काभ्रे निर्वाचिन क्षेत्र नम्बर २ मा दीर्घकालिन महत्व राख्ने ठूलो परियोजनाहरु सञ्चालन हुदैँन् । पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्वाचन जितेको क्षेत्रमा पनि हो । बास्कोटाले गएको निर्वाचनमा प्रधानमन्त्री केपी ओली पछि सर्वाधिक मत ल्याएर उक्त क्षेत्रबाट निर्वाचनमा विजयी हासिल गरेका थिए ।

काभ्रे निर्वाचिन क्षेत्रमा २ मा आगामी आर्थिक वर्ष सहरी विकास मन्त्रालय मार्फत सञ्चालन हुने योजना २१ वटा छन् । यी योजनामा ५० लाख देखि ९ करोडसम्मका योजना छन् । सहरी विकास मन्त्रालयको योजनामा अधिकांश सडक रहेका छन् । तीन वटा क्रमागतका छन् ।

त्यस्तै २० वटा योजना खानेपानी मन्त्रालयको छ । ९ करोड देखि ३४ करोडसम्मका योजना रहेको छ । १७ वटा योजना क्रमागतका छन् । त्यसैगरी उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको २३ वटा योजना पनि काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मै सञ्चालन हुदैँछन् ।

त्यस्तै पर्यटन मन्त्रालयको १० वटा योजना छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ४, रक्षा मन्त्रालयको १ वटा योजना रहेको छ । शिक्षा, कृषि र सञ्चार मन्त्रालयको १÷१ योजना आगामी आर्थिक वर्षमा सञ्चालन हुदैँछ ।

आगामी आर्थिक वर्ष १०४ वटा योजना सञ्चालन हुदैँ छन् । क्रमागत ३०, विशेष अनुदान ४ र समपुरक अनुदान ५ वटा रहेको छ ।

विस्तृतमा हेर्नुस याेजना

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  १२ : ५५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले