२०८३, ९ कार्तिक सोमबार

एमाले बैठक : आज बाँकी सदस्य बोल्दै, सचिवालय भोलि

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि बस्दैछ। बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आज आफ्ना धारणा राख्नेछन्। केन्द्रीय कमिटी बैठकबीच बस्ने भनिएको सचिवालय बैठक भने भोलिका लागि सारिएको छ। भोलि सचिवालय बैठक बसेपछि केन्द्रीय कमिटी बैठक समापन गर्ने एमालेको तयारी छ। असोज ५ गतेदेखि बैठक जारी छ।