काठमाडौँ । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ। दसैँको पहिलो दिन सोमबार देशभर घटस्थापना गरी देवी दुर्गाको आह्वानसँगै जमरा राखिएको छ। राजधानी काठमाडौँको ऐतिहासिक वासन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकाको दसैँ घरमा पनि वैदिक विधिअनुसार जमरा राखी चाडको औपचारिक सुरुवात गरिएको छ। दसैँ घरमा वैदिक परम्पराअनुसार शक्ति स्वरूपा देवी दुर्गाको पूजा गरि जौ, मकै…