२०८३, २१ आश्विन बिहीबार

रास्वपाको केन्द्रीय समिति बैठक मंगलबार, आगामी रणनीति तय गर्ने तयारी

रास्वपाको केन्द्रीय समिति बैठक मंगलबार, आगामी रणनीति तय गर्ने तयारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ । पार्टीले सोमबार जारी गरेको सूचनाअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा आगामी निर्वाचन रणनीतिसहित सात मुख्य विषयमा गम्भीर छलफल हुनेछ ।

पार्टीका अनुसार बैठकको प्रारम्भिक चरणमा समसामयिक परिस्थिति र बैठकको औचित्यबारे चर्चा गरिनेछ । त्यसपछि हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त रिपोर्टहरू सभापतिहरूमार्फत प्रस्तुत गरिने छन् । बैठकमा पछिल्लो राजनीतिक परिवर्तनहरूप्रति केन्द्रीय सदस्यहरूको धारणा पनि प्रस्तुत गरिने जनाइएको छ । साथै, पार्टी संगठन सुदृढीकरण र विभागीय संरचनाको सुदृढीकरणबारे व्यापक छलफल हुने बताइएको छ ।

रास्वपाले आसन्न प्रतिनिधिसभा उपनिर्वाचनका लागि अपनाउने रणनीति बैठकमै तय गर्ने तयारी गरेको छ। साथै, पार्टीको ऐतिहासिक महाधिवेशनका सन्दर्भमा आवश्यक तयारी, कार्यतालिका र प्रक्रिया सम्बन्धी विषयमा पनि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ । पार्टीले बैठकमा विविध समसामयिक विषयहरूमा आवश्यक निर्णय लिने र राजनीतिक गतिविधिलाई अझ प्रभावकारी बनाउने दिशामा छलफल हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको