२०८३, १२ कार्तिक बिहीबार

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतान्त्रिक व्यवस्थाप्रति घृणा फैलाउँदै दिशाहीन राजनीति गर्न खोज्ने प्रवृत्तिप्रति सबै लोकतान्त्रिक शक्तिलाई खबरदारी गर्न अपील गर्नुभएको छ। प्रेस चौतारी नेपालका प्रतिनिधिहरूसँग भक्तपुरको गुन्डुस्थित निवासमा बिहीबार साँझ भएको भेटघाटमा अध्यक्ष ओलीले जेन–जी पुस्ताको आन्दोलनबाट नाजायज फाइदा उठाउँदै दलबिहीन र गन्तव्यविहीन राजनीतितर्फ मुलुकलाई धकेल्ने…