२०८३, १२ आश्विन मंगलबार

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित


चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमितमध्ये पछिल्ला पाँच महिनामा छ जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार गत साउनयता उपचारमा आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको ज्यान गएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक, राप्ती नगरपालिकाका दुई र कालिका नगरपालिकाका एक जना रहेका छन्। मृतकमध्ये एक जना ८९ वर्ष, एक जना ८१ वर्ष, दुई जना ७० वर्ष, एक जना ४२ वर्ष र एक जना ३९ वर्षका छन्।

सङ्क्रमितमध्ये १० जना महिला र सात जना पुरुष रहेका छन्। उमेर समूहका आधारमा तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्ष उमेर समूहका र नौ जना ६० वर्षमाथिका रहेका छन्। वृद्धवृद्धामा सङ्क्रमणको दर बढी देखिएको छ।

खोपसम्बन्धी विवरणअनुसार १७ सङ्क्रमितमध्ये १५ जनाले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ भने दुई जनाको खोप लगाए–नलगाएको अवस्थाबारे स्पष्ट हुन सकेको छैन। सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिका, चार जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका, दुई जना कालिका नगरपालिका, एक जना माडी नगरपालिका र एक जना रत्ननगर नगरपालिकाका रहेका छन्।

जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे प्रायः घरबाहिर बस्ने, साँझ र बिहान बढी सक्रिय हुने र घरबाहिर नै टोक्ने गर्दछ। सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्दा रोग मानिसमा सर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ। धानखेती भएका क्षेत्रमा यस जातको लामखुट्टेले अण्डा पारेर लार्भा विकास गर्ने भएकाले जोखिम बढी रहने बताइएको छ।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  ३ : ०१ बजे

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बागलुङमा बाढीपहिरोको कहर : मृतकको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि गएको

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०