२०८३, २० आश्विन बुधबार

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण


काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार औपचारिक रूपमा शपथ ग्रहण गरेका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएपछि ओलीले शपथ लिएका हुन्। शपथ ग्रहण समारोहपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अध्यक्ष ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।

यसअघि ओली २०७८ सालमा चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि २०७१ सालमा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट उनी पहिलो पटक पार्टी अध्यक्ष बनेका थिए।

यद्यपि, २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए।

अध्यक्ष ओलीसँगै पार्टीका अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन्।

प्रकाशित मिति : २०८२, ३ पुस बिहीबार  ६ : ०४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको