२०८३, २० आश्विन बुधबार

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै


काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका नेताहरूबीच उल्लेखनीय सौहार्दता देखिएको छ। मतदान जारी रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू एकसाथ हिँड्दै प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्।

ओली र पोखरेलसँगै ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल र महासचिवका उम्मेदवार शंकर पोखरेललगायत नेताहरू पनि संयुक्त रूपमा मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन्।

१९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि मतदान भइरहेको छ। यसअघि केही केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।

महाधिवेशनमा कुल २,२६२ जना प्रतिनिधि सहभागी छन्। प्राप्त जानकारीअनुसार दिउँसो १२ बजेसम्म करिब ४ सय मत खसिसकेको छ।

महासचिव पदका उम्मेदवार शंकर पोखरेलले निर्वाचन प्रक्रियाले एमालेको आन्तरिक लोकतन्त्र सुदृढ र सक्षम रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  २ : ५५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको