धुलिखेल, ९ जेठः काभ्रेमा अहिले आरडिटी विधि मार्फत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको कोरोना परीक्षण भइरहेको छ । विभिन्न नगरपालिकाहरुमा सरसफाई गर्ने कर्मचारीको पनि परीक्षण गरिएको छ । आरडिटी परीक्षण दायरा बढेसँगै कारोना भाइरस पोजेटिको संख्या पनि ह्वात्तै बढेको छ । जिल्लामा लकडाउनको सुरुवाति चरणमा विदेशबाट फर्किएकाको मात्रै परीक्षण गरिएको थियो । काभ्रे जिल्लामा लकडाउन…