२०८३, १२ कार्तिक बिहीबार

सुनकोशीका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ७० प्रतिशत प्रोत्साहन भत्ता

सुनकोशीका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ७० प्रतिशत प्रोत्साहन भत्ता


धुलिखेल, ६ जेठः सिन्धपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले कोरोना भाईरस रोकथाम तथा न्यूनीकरणका लागी खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कार्यपालिकाको बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाईपाई आएको तलबको ७० प्रतिशत प्रोत्साहन भत्ताको रुपमा उपलब्ध गराउने निर्णय गरेको पालिका अध्यक्ष श्रवण कुमार जिसीले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना भाईरसकै कारण निधन एकमुष्ट पाँच लाख रुपैंया उपलब्ध गराउने निर्णय भएको पालिकाका अध्यक्ष जिसिले बताउनुभयो । उहाँका अनुसार निधन भएका स्वास्थ्यकर्मी तथा कर्मचारीका सन्तानलाई उच्च शिक्षा सम्म निःशुल्क अध्ययनका लागि छात्रबृति उपलब्ध गराईने छ ।

पालिकाले आफ्नो कार्यक्षेत्रमा अझ दत्तचित्त भएर काम गर्न समेत सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  ६ : २६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता