काठमाडौं । खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो । गाभा सरेर पोटाउने अवस्थामा धान बालीमा गभारो नामको किरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट…