२०८३, १५ आश्विन शुक्रबार

केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ

केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ


काठमाण्डौ । केरामा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस–४ देखिएपछि सरकारले आयातमा कडाइ गरेको छ ।

कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण देखिएसँगै नेपालभरिका नाकामा रहेका प्लान्ट क्वरेण्टीनहरूले उच्च सतर्कता अपनाएका हुन् । १४ वर्षअघि भारतबाट भित्रिएको पानामाको रेस–१ ले नेपालको केराखेतीमा धेरै क्षति पुर्‍याएको थियो । अहिले देखिएको रेस–४ ले नेपालमा रहेका सबै जातका केरामा क्षति पुर्‍याउने भएकोले सतर्कता बढाएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो ।

यो रोग सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट एक ठाउँबाट अर्को ठाउँसम्म फैलने गर्दछ । भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताउनुभयो । टिआर–४ केराका कोसाबाट नसर्ने भएकोले कोसामात्रै सुरक्षित गरेर ल्याएकोलाई मात्रै नेपाल भित्रने अनुमति दिने गरेको उहाँले बताउनुभयो ।

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरूको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको छ । यस्तै भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ६ : ३२ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका