२०८३, १५ आश्विन शुक्रबार

चिनीको भाउ एक महिनामै ५० रुपैयाँसम्म बढ्यो, खुद्रा मूल्य किलोको १ सय ५० रुपैयाँ

चिनीको भाउ एक महिनामै ५० रुपैयाँसम्म बढ्यो, खुद्रा मूल्य किलोको १ सय ५० रुपैयाँ


काठमाण्डौ । चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ अहिले १ सय ५० रुपैयाँसम्म पुगेको हो । कतिपय खुद्रा पसलमा चिनी नै छैन भने भएकाहरुले पनि मनलाग्दी भाउ लिइरहेका छन् ।

केही पसलमा किलोको १ सय ३० रुपैयाँमै पाइने र केहीमा १ सय ५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताहरुले बताएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । चिनीको मूल्य थोकमै मनलाग्दी भएकाले धेरै खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका कारण सूचीबाट मूल्य हटाएको सङ्घले जनाएको छ ।

यस्तै, चिनी अभाव भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । चिनीको मौज्दात कम रहेकाले अहिलेका लागि बिक्री रोकेको कम्पनीले जनाएको छ । सरकारले आयात अनुमति नदिँदा चिनी अभाव भएको व्यवसायीहरुले बताएका छन् ।

आन्तरिक उत्पादनले बजारको माग नधान्ने र ६० हजार टन चिनी आयातका लागि सरकारलाई अनुरोध गरेकोमा सरकारले नदिएको व्यवसायीको आरोप छ । दशैँ, तिहार, छठलगायतका ठूला पर्व शुरु हुँदा हरेक वर्ष चिनीको भाउ बढ्ने गरेको भए पनि यो वर्ष अत्यधिक बढेको हो ।

चिनीमा भएको कालोबजारी रोक्न सरकारले हस्तक्षप नगरेसम्म भाउ नियन्त्रण नहुने अधिकारकर्मीले बताएका छन् ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  १० : ४७ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका