२०८३, १५ आश्विन शुक्रबार

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति


काठमाडौं । नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा सो सहमति भएको हो ।

आज बिहान सार्वजनिक संयुक्त वक्तव्यमा नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिने र यसबाट नेपाल र चीन बीचको व्यापार घाटा न्युनीकरण हुने अपेक्षा गरिएको उल्लेख छ ।

हाल चीनमा नेपालबाट राँगा र भैंसीको मासु घुमाउरो बाटो हुँदै पुग्ने गरेको छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन ।

अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्ने भएकाले नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायी हुँदै बताउँछन् ।

संयुक्त वक्तव्यमा चिनियाँ पक्ष नेपाली उत्पादनलाई चीन निर्यातमा सहजीकरण गर्न तयार भएको उल्लेख छ । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ ।

चीनमा नेपाली अमिलो जातका फलफूल निर्यातका लागि आवश्यक पर्ने प्रमाणपत्र उपलब्ध गराउन र नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापना गर्न पनि चीनले नेपाललाई सहयोग गर्न तयार भएको छ ।

साथै चीनले याक, नाक र च्याङ्ग्राको प्रजननका लागि पनि चीनले सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  १० : २६ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका