२०८३, १५ जेष्ठ शनिबार

प्रदेश ३ को राजधानी तिहारपछि टुङ्गिने

प्रदेश ३ को राजधानी तिहारपछि टुङ्गिने


काठमाडौँ, २४ असोज: प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ ।  संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत जुटाउन दलगत स्वार्थभन्दा माथि फरक चिन्तन तथा परिवेशका नेताबीच सहकार्य शुरु भएको छ । गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन विशेष समितिले यस प्रदेशका १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको थियो । तिनमा भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्ला प्रस्तावित छन् ।

पूर्वाधारको विकास, हावापानी, सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई आधार मानेर प्रदेशसभाले सकेसम्म सहमतिमा नभए दुई तिहाइ बहुमतबाट निर्णय लिनेछ । उक्त कार्यदलले गत असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन सभालाई बुझाएको भए पनि अहिलेसम्म विभिन्न प्राविधिक कारणले राजधानीको टुङ्गो लगाउन छलफल भएको थिएन । यी पाँच जिल्लामध्येबाट नै राजधानी तोक्ने लगभग निश्चित भएको समिति सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो । कूल ११० सदस्य भएको प्रदेशसभामा ७३ सदस्यको निर्णय दुई तिहाइ हुनेछ ।

नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अस्थायी मुकाम तोकेको मकवानपुरका पक्षमा मतदान गर्नुपर्ने बाध्यता आफूहरुलाई रहेको बताउँदै स्वतन्त्रतापूर्वक मतदान गर्न दिएमा आफूले काभ्रेपलाञ्चोकमा मतदान गर्ने विचार व्यक्त गर्नुभयो । सो विषयमा निर्णय लिनका लागि मतदान तीन प्रकारले हुनेछ । ध्वनि मतदानबाट हात उठाएर, हुन्छ र हुन्न भन्ने पक्ष परक फरक ढोकाबाट प्रवेश गरेर मतदान र विद्युतीय मतदान गरिने छ । विद्युतीय मतदान प्रक्रियामा स्वतन्त्र मत खसाल्न पाइए पनि त्यसबाहेकका अन्य दुई प्रक्रियामा पार्टीको निर्देशन बाहिर जान नसकिने हुन्छ । संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने कार्य प्रदेशसभालाई जिम्मा दिएको समिति सदस्य मानन्धरले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ५ : ११ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण