२०८३, १२ मंसिर शनिबार

ट्राफिक नियम उल्लंघन गर्ने ८७५ चालक कारबाहीमा, तीव्र गति चलाउने धेरै

ट्राफिक नियम उल्लंघन गर्ने ८७५ चालक कारबाहीमा, तीव्र गति चलाउने धेरै


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियमको बेवास्ता गर्दै सवारी चलाउने ८७५ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीको नियमित चेकजाँच तथा निगरानीका क्रममा सबैभन्दा धेरै ११४ जना चालक तीव्र गतिमा सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन्। त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ९८ जना र रातो बत्ती उल्लंघन गर्ने २४ जना चालक कारबाहीमा परेका छन्।

सीसीटीभी निगरानीबाट ३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १६ जना तथा सवारीसाधनको अवस्था ठीक नराखी चलाउने २६ जना चालक पनि कारबाहीमा परेका छन्।

यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ५५५ जना चालकलाई समेत कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

शनिबार बिहानसम्मको २४ घण्टामा गरिएको यो कारबाहीले उपत्यकामा ट्राफिक नियम उल्लंघनको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ।

Convert to PDF

प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ३ : २३ बजे

कर्णाली राजमार्गको अतिक्रमण हटाउन ३० दिने अल्टिमेटम

कालीकोट । कर्णाली राजमार्गको सडक सीमा मिचेर निर्माण गरिएका संरचना

चितवनको प्राकृतिक गहना बीसहजारी ताल, जैविक विविधताको अनुपम संसार (तस्बिर)

चितवन । हरियाली जंगलको बीचमा फैलिएको शान्त जलाशय, पानीमा रमाइरहेका

शनिबारको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १४९ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

ट्राफिक नियम उल्लंघन गर्ने ८७५ चालक कारबाहीमा, तीव्र गति चलाउने धेरै

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियमको बेवास्ता गर्दै सवारी चलाउने

अध्यागमन विभागको नेतृत्व फेरियो, ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी नियुक्त

काठमाडौं, मंसिर १२। गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकसहित विभिन्न जिल्लाका