काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको बिक्री मूल्य १४९ रुपैयाँ ०८ पैसा पुगेको छ। यसको खरिददर भने १४८ रुपैयाँ ४८ पैसा रहेको छ।
युरोपियन युरोको बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा र खरिददर १६२ रुपैयाँ ७० पैसा कायम भएको छ। पाउन्ड स्टर्लिङको बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा पुगेको छ भने खरिददर १९४ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै, स्वीस फ्र्याङ्कको बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलरको ९९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलरको १०४ रुपैयाँ ६४ पैसा र सिङ्गापुर डलरको ११४ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।
चिनियाँ युआनको बिक्रीदर २२ रुपैयाँ ४० पैसा र जापानी येन १० को ९ रुपैयाँ ३४ पैसा रहेको छ। साउदी रियालको बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा तथा कतारी रियालको ४० रुपैयाँ ८९ पैसा कायम भएको छ।
यसैगरी, भारतीय रुपैयाँ १०० को बिक्रीदर १६० रुपैयाँ १५ पैसा र खरिददर १६० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।







प्रतिक्रिया