२०८३, ७ मंसिर सोमबार

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं । देशभर हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहे पनि केही हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३, ७ मंसिर सोमबार  ९ : १० बजे

सूर्यास्तको सुनौलो किरणमा कुम्भकर्ण हिमशृङ्खलाको मनमोहक दृश्य (तस्बिरहरू)

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित साँघु गाउँबाट सूर्यास्तसँगै देखिएको

आज बैकुण्ठ चतुर्दशी व्रत मनाइँदै, शिव र विष्णुको विशेष पूजा–आराधना

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक बैकुण्ठ चतुर्दशी

नेपाल–भारत आर्थिक साझेदारी विस्तारमा जोड, व्यापार मञ्चमा लगानीका नयाँ अवसरबारे छलफल

काठमाडौं । नेपाल र भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा, युरो र पाउन्ड पनि महँगो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम