काठमाडौं । देशभर हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहे पनि केही हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।







प्रतिक्रिया