२०८३, ७ मंसिर सोमबार

आज बैकुण्ठ चतुर्दशी व्रत मनाइँदै, शिव र विष्णुको विशेष पूजा–आराधना

आज बैकुण्ठ चतुर्दशी व्रत मनाइँदै, शिव र विष्णुको विशेष पूजा–आराधना


काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक बैकुण्ठ चतुर्दशी व्रत मनाउँदैछन्। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्वमा भगवान् विष्णु र भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेको छ।

यस अवसरमा भक्तजनले बिहानै स्नान गरी शुद्ध भएर व्रत बस्ने, भगवान् विष्णु र शिवको पूजा गर्ने तथा दीप प्रज्वलन गर्ने गर्दछन्। भगवान् विष्णुलाई तुलसीपत्र र भगवान् शिवलाई बेलपत्र अर्पण गरी पूजा गर्ने विशेष चलन छ।

धार्मिक मान्यताअनुसार बैकुण्ठ चतुर्दशीका दिन व्रत तथा विधिपूर्वक पूजा–आराधना गर्नाले पुण्य प्राप्त हुनुका साथै मोक्षको मार्ग प्रशस्त हुने विश्वास गरिन्छ।

यस पर्वका अवसरमा देशभरका विभिन्न शिवालय तथा विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। शिव र विष्णुप्रतिको आस्था, धार्मिक सहिष्णुता र आध्यात्मिक एकताको सन्देश दिने यस पर्वलाई हिन्दु धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउने गरेका छन्।

प्रकाशित मिति : २०८३, ७ मंसिर सोमबार  ९ : २२ बजे

सूर्यास्तको सुनौलो किरणमा कुम्भकर्ण हिमशृङ्खलाको मनमोहक दृश्य (तस्बिरहरू)

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित साँघु गाउँबाट सूर्यास्तसँगै देखिएको

आज बैकुण्ठ चतुर्दशी व्रत मनाइँदै, शिव र विष्णुको विशेष पूजा–आराधना

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक बैकुण्ठ चतुर्दशी

नेपाल–भारत आर्थिक साझेदारी विस्तारमा जोड, व्यापार मञ्चमा लगानीका नयाँ अवसरबारे छलफल

काठमाडौं । नेपाल र भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा, युरो र पाउन्ड पनि महँगो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम