२०८३, २ आश्विन शनिबार

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् । 

आइतबार  सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री  सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् ।  उनले  भने,  ‘मन्त्रीको  जिम्मेवारी दिइसकेपछि  १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको  छ । तर आउना साथ जादुको छडी कसैसँग  छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ति चाँही सम्बोधन गर्नको  लागि समय लाग्ने गर्छ । तर  पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं । तर कुनै उल्लेखनीय काम मैंले जादु नै गरे भन्ने अवस्था चाँही छैन ।’

साथै उनले  शहरहरु  व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए ।  उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे । उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए । उनले मिडियामा समाचारहरु नराम्रो कामको  मात्र आउने  तर राम्रो  काम गरेको समाचार  नआउँदा दुःख लाग्ने गरेको  बताए ।

प्रकाशित मिति : २०८१, ४ कार्तिक आईतबार  १२ : ०६ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी