काठमाडौं । चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएपछि काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहनेछ।
विद्युत् अवरुद्ध हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका छन्। प्राधिकरणले निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा तत्कालै विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ। मर्मतसम्भार कार्यका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै सहयोगका लागि आग्रह गरेको छ।







प्रतिक्रिया