२०८३, ३ जेष्ठ सोमबार

नेपालमा केही काम भएको छैन भन्ने भाष्य निर्माण गर्नु हुन्न : उपमहासचिव ज्ञवाली

नेपालमा केही काम भएको छैन भन्ने भाष्य निर्माण गर्नु हुन्न : उपमहासचिव ज्ञवाली


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।

शनिबार नेकपा एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै ज्ञवालीले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न एउटा पङ्ती लागेको बताउनुभयो । सोचे जति हुन नसकेको भए पनि देश धेरै अगाडि बढेको उहाँको धारणा छ । ‘एउटा पङ्ती छ नेपालमा जसले केही पनि भएन भन्छ’, उहाँले भन्नुभयो ।

गौतमले लेखेको पुस्तक एक पटक पढ्ने हो भने हिजो हामी कहाँ थियौँ र आज कहाँ आइपुग्यौँ भन्ने कुरा सहजै बुझ्न सकिने बताउनुभयो । पुस्तकले नेपाल अघि बढेको यात्रा देखाउने उहाँले बताउनुभयो । सही ढङ्गले व्यवस्थापन हुन सकेको भए धेरै अगाडि पुग्न सकिने भए पनि केही भएकै छैन भन्ने कुरा भने गलत भएको उहाँको धारणा छ । केही पनि भएन भन्ने कुरालाई भने एउटै पुस्ताले हिजो र आजलाई हेर्दा थाहा हुने ज्ञवालीको भनाइ छ ।

मानिसलाई धेरै कुराले विचलित बनाउने बताउँदै उहाँले निष्ठा जोगाउनु सामान्य कुरा नभएको बताउनुभयो । आशा, त्रास, लोभ, प्रलोभनका बिचमा निष्ठा जोगाउने कुरा चानचुने नभएको ज्ञवालीले धारणा राख्नुभयो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  ६ : ०९ बजे

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४

सभामुखको अधिकार प्रयोगमाथि प्रश्न: एमाले सांसद राईको तीव्र आपत्ति, संसदमा नियमावली विवाद चर्कियो

काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राई ले सभामुखको

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव छितिज

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट

काठमाडौं । आज ललितपुरस्थित त्रिभुवन आर्मी क्लब मा ग्रान्ड मास्टर