२०८३, ४ असार शुक्रबार

करोडौंको फेसबुक डाटा चोरी

करोडौंको फेसबुक डाटा चोरी


करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको आशंका गरिएको छ । यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको छ ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँ च करोडभन्दा बढी प्रयोगकर्ताको निजी जानकारी चोरेको आरोप सार्वजनिक भएको हो ।

न्यूयोर्क स्टक एक्सचेन्जमा यस खबरको ठूलो असर पर्‍यो र फेसबुकको शेयर कारोबारमा करिब आठ प्रतिशतले गिरावट आयो । यद्यपि केही सम्हालिँ दै सात प्रतिशतले गिरावटसहित शेयर कारोबार बन्द भयो ।

फेसबुकले यी आरोपको व्यापक अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । अमेरिका र कयौं युरोपीय देशका सरकारले यस खबरप्रति गम्भीर सवाल उठाएका छन् । ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेका प्रवक्ताले यस आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गरेको छ र फेसबुकलाई उचित कदम चाल्न भनेको छ ।

प्रकाशित मिति : २०७४, ६ चैत्र मंगलबार  ८ : ३३ बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो