२०८३, १८ श्रावण मंगलबार

तीर्थ र सीबी लामाले दिए बाम कार्यकर्तालाई ज्यान मार्ने धम्की

तीर्थ र सीबी लामाले दिए बाम कार्यकर्तालाई ज्यान मार्ने धम्की


काठमाण्डौ/ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका तीर्थ लामा र सीवि लामाले बाम गठबन्धनका कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएका छन् । मतदान गर्ने दिन निजीकिदैँ गर्दा हारको मानसिकताबाट ग्रसित बनेका तीर्थ र सीवि लामाले एमाले निकट तेमाल गाउँपालिकाका युवा संघ अध्यक्ष डेनी लामालाई टेलिफोन मार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

सुरुमा सीबी लामाले तामाङ भाषामै डेनीलाई फोन गरेर गाउँमा मेरो कार्यकर्तालाई के भनेर हिडेको भनेर सोधेका छन् । जवाफमा डेनीले गाउँमा आफुले कसैलाई केहि नभनेको बताउँदै गर्दा सीबिको हातबाट मोबाईल खोसेर तीर्थ लामाले खाते, कुकुर जस्ता अपशब्द बोल्दै डेनीलाई गाउँमा धेरै चुरीफुरी नगर्न धम्की दिएको भ्वाई रेडक फेला परेको छ । तीर्थले त कहाँ छस अहिले, म धुलिखेलमा छु त आउँछस कि म आउँ भनेर मोबाईलमा भनेका छन् । तीर्थ पूर्व सासंद एवं हाल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हुन् भने सीवि लामा सोहि क्षेत्रको प्रदेशसभा १ का उम्मेदवार हुन् ।

यसैबीच बाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का साझा उम्मेदवार गंगा बहादुर दोङ बमध्वजले आइतबार बनेपामा पत्रकार सम्मेलन गरेर आफ्ना कार्यकर्तालाई नेपाली काँग्रेसका उम्मेदवारले धम्क्याएको भन्दै आपत्ति जनाएका छन् । उनले निर्वाचनको परिणाम जसरी पनि आफ्नो पक्षमा पार्न भन्दै नेपाली काँग्रेसले बाहिरी जिल्लाबाट अपरिचित ब्यक्ति जिल्लाको विभिन्न ठाउँमा पुर्याएको दाबी गर्दै प्रशासनको ध्यानाकर्षण समेत गराए । “यो जिल्लामा मतदाता नामावलीमा नाम नभएका धेरै ब्यक्ति भित्रिएका छन्, बमध्वजले भने “बुथ कब्जा गर्ने उद्देश्यले दुर्गम ठाउँमा अपरिचित ब्यक्ति देखिन्छ थालेको छ ।”

प्रकाशित मिति : २०७४, १७ मंसिर आईतबार  ४ : ५१ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह