२०८२, २५ चैत्र बिहीबार

‘सबै मधेशी एक ठाउँमा उभिनुपर्छ’:मुख्यमन्त्री राउत

‘सबै मधेशी एक ठाउँमा उभिनुपर्छ’:मुख्यमन्त्री राउत


कृष्णनगर, १८ मङ्सिर: प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सबै मधेशी एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । सबै मधेशी एक ठाउँमा भएपछि मधेशीका हकअधिकार सुनिश्चित हुने बताउनुभएको हो । कपिलवस्तुको कृष्णनगरमा आयोजित सङ्घीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले, माओवादी केन्द्र एकीकरण गरी एक ठाउँमा उभिएका छन् तर हामी मधेशी आफैँ फरकफरक पार्टीमा रहेर हकअधिकारबाट बञ्चित भएका छौँ ।”

मधेशमा नागरिकता जस्ता महत्वपूर्ण हकअधिकार प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अकिल मिया, फोरम नेपालका केन्द्रीय सदस्य रामवरन यादव, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव, प्रदेश नं ५ का मुख्य सचिव डा रसिद खानलगायतले मधेशी र मधेशको हकअधिकारका बारेमा बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : २१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि