२०८३, १२ भाद्र शनिबार

वाइड बडी जहाज खरीदमा अनियमितता भए कडा कारबाही गर्छु :उड्डयनमन्त्री अधिकारी

वाइड बडी जहाज खरीदमा अनियमितता भए कडा कारबाही गर्छु :उड्डयनमन्त्री अधिकारी


चिप्लेढु्ङ्गा, १० मङ्सिर: संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताउनुभएको छ । मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम आज पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै वाइड बडी विमान खरीद प्रक्रियामा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो “यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् ।”

मन्त्री अधिकारीले सत्यभन्दा बाहिर गएर हल्लाले नेपाल एयरलाइन्सलाई असफल पार्ने षड्यन्त्र हुन सक्ने आशङ्का व्यक्त गर्दैे एयरलाइन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि मन्त्रालय तयार रहेको बताउनुभयो । सो कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा रु चार करोडका योजना सार्वजनिक गरिएको थियो । सडक पूर्वाधारमा रु दुई करोड ३५ लाख, खानेपानीमा रु ७० लाख, कुलो, ढल र पक्की पुलमा रु ५० लाख, भवनमा रु २० लाख तथा खेलमैदान र उद्यानमा रु २५ लाख विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले आजै निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणसमेत गर्नुभएको थियो । उहाँसँग नयाँ शक्ति पार्टी निकट विद्यार्थीले वाइड बडी जहाज खरीदसम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सिर्जना चोकमा प्रदर्शन गरेका थिए । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख ओम रानाले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ३५ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका